कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम खाएको छैन : ओली


काठमाडौं, २५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना सकियो भन्न नसकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् ।

‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने ।

राष्ट्रपतिको आलोचना गर्नेहरु संकीर्ण मानसिकता भएको जिकिर गर्दै ओलीले यसअघिका दुवै राष्ट्रपतिले मुलुकको हितका लागि काम गरेको बताएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार