सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक दर्ता हुने


काठमाडौं, २५ फागुन । सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधिसभामा दर्ता हुने भएको छ ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा उक्त विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।

संसदको अघिल्लो कार्यकालमा संसदमा यो विधयेकमा दफावार छलफल भएर पनि पारित हुन सकेको थिएन । तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले ३१ असार २०७९ मा प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा द्वन्द्वकालीन मुद्दा हेर्न गठन हुने ३ सदस्यीय विशेष अदालतको फैसला अन्तिम हुने उल्लेख छ । यसमा नेकपा एमाले, द्वन्द्वपीडित, राष्ट्रिय मानवअधिकार आयोगले विरोध जनाएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बैठकले फलफूल, तरकारी र खाद्यजन्य बस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदको विषयगत समितिमा छलफलका लागि पठाएर यथाशीघ्र क्याबिनेटमा पेस गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार