काठमाडौं, २५ फागुन । राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो राजनीतिक संघर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताएका छन् ।
बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू निर्वाचित हुने विश्वास व्यक्त गरेका हुन् ।
उनले भने, ‘संघीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरुले मेरो लामो संघर्षको सही मूल्याङ्कन गर्नुहुने विश्वास छ ।’


