हस्पिटलले आफ्नो १७औं वर्षगाँठको पूर्वसंध्यामा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गरेको हो ।
फागुन २७ गते पहिलो दिन यात्री निवासदेखि बजरंग चोकसम्म सरसफाइ, पापमोचनी सरमा वृक्षारोपन, अस्पताल हाताभित्र रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै मेडिसिन, बालरोग, स्त्री रोग, अर्थो, नाक, कान, घाँटी, डेन्टल, युरोलोजी सेवा र विशेषज्ञ ओपिडि सेवासमेत निःशुल्क गरिने छ ।
दोस्रो दिन २८ गते बृद्धाश्रम र मानव सेवा आश्रममा स्वास्थ्य परिक्षण, फलफुल तथा कपडा वितरण एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत, २९ गते अस्पतालका विभिन्न विभागका कर्मचारीबिच हाजिरी जवाफ, महोत्तरीका स्वास्थ्य कार्यकर्तासँग स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवाको पहुँच सम्बन्धी अन्तरक्रिया एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत प्रदान गरिने भएको छ ।
त्यस्तै, चौथो दिन ३० गते नर्सिङ्ग स्टाफबिच म्युजिकल चेयर तथा अन्य खेल, धनुषाका स्वास्थ्य कार्यकर्तासँग स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवाको पहुँच सम्बन्धी अन्तरक्रिया एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत, चैत १ गते पाँचौ दिन सर्लाहीका स्वास्थ्य कार्यकर्तासँग स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवाको पहुँच सम्बन्धी अन्तरक्रिया एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत, २ गते छठौं दिन सिन्धुलीका स्वास्थ्य कार्यकर्तासँग स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र सेवाको पहुँच सम्बन्धी अन्तरक्रिया एवं विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत एवं सातौं दिन चैत ३ गते विशेषज्ञ ओपिडि शुल्कमा ५० प्रतिशत सहुलियत प्रदान गरिने अस्पतालका व्यवस्थापक हरिश्चन्द्र यादवले जानकारी दिए ।

चैत ४ गते अन्तिम दिन सम्मान कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको समापन गरिने उनले बताए ।
उनले अस्पतालको १७औं वार्षिकोत्सवको अवसरमा विशेषज्ञ ओपिडि सेवाका बिरामीको ल्याब, डेन्टल उपचार तथा अन्य अपरेशनमा ३० प्रतिशतसम्म तथा औषधि खरिदमा १० प्रतिशत सहुलियत प्रदान गरिने जानकारीसमेत दिएका छन् ।
२०६३ मंसिर २८ गतेदेखि १५ बेडबाट सञ्चालनमा ल्याइएको यो अस्पताल २०७० सालमा आफ्नै भवनमा सरेको थियो । यस अस्पतालले आगामी बैशाख ९ गतेदेखी न्युरोट्रमा सर्भिस सुरू गर्ने अस्पतालका सञ्चालक डाक्टर सुरेन्द्र यादवले जानकारी दिए ।
पत्रकार सम्मेलनमा अस्पतालका सञ्चालक डाक्टर सुरेन्द्र यादवका साथै अस्पतालमा कार्यरत चिकित्सकहरू डाक्टर दामोदर प्रधान, डाक्टर सुधिर सिंह, डाक्टर रमण मिश्रा, डाक्टर सुजित यादव, कृष्णदेव यादव, डाक्टर सुनिल महासेठ, डाक्टर विजय साह, डाक्टर रामज्ञान यादव, डाक्टर शक्ति साहलगायतकाहरूको उपस्थिती रहेको थियो ।


