जनकपुरधाम, २२ फागुन । जनकपुरधामस्थित ऐतिहासिक गोरधोई पोखरीको बृहत् सरसफाइ गरिएको छ ।
मिथिला माध्यमिकी परिक्रमाअन्तर्गत मंगलबार हुने अन्तरगृह परिक्रमामा सहभागी हुने तिर्थालुको सुविधालाई मध्यनजर गर्दै ऐतिहासिक गोरधोई पोखरीको बृहत् सरसफाइ गरिएको हो ।

१५ दिनसम्म नाङ्गो खुट्टा गरिएको निरन्तरको परिक्रमा समापनपश्चात् सो पोखरीमा खुट्टा धोएपछि खुट्टामा शितलता हुने र कुनै पीडा नहुने जनविश्वास छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गोरधोई पोखरीलाई सरसफाइ गरिएपछि तिर्थालुहरुलाई सहज हुने बताए ।
सरसफाइ कार्यक्रममा बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, सरसफाइ अभियानी धिरेन्द्र साह, रुवी झा, नेतृ विभा ठाकुरसहितकाहरुको उपस्थिती रहेको थियो ।



