काठमाडौं, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एसोसिएसनका अध्यक्ष एवं वर्ल्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटरमा सोमबार बिहान भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


