बालुवामुनि गाडेर राखेको ६० केजी गाँजा बरामद


सप्तरी, २२ फागुन । सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजी गाँजा बरामद गरेको छ ।

जिल्लाको कञ्चनरूप प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजभन्दा दक्षिण कोशी बाँधको २ सय मिटर तल बालुवामुनि अवैध रुपमा गाडेर राखेको अवस्थामा गाजा बरामद भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार