राष्ट्रपति भण्डारीले दोस्रो कार्यकाल पूरा गरेर फागुन २९ भित्र सरकारी निवास छाड्ने


काठमाडौं, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ मा सकिँदैछ । आगामी फागुन २५ गते नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको दोस्रो कार्यकाल पूरा गरेर आगामी फागुन २९ भित्र सरकारी निवास छाड्ने बताइएको छ ।

सरकारी निवासबाट भण्डारी बूढानीलकण्ठ–२ स्थित घरमा सर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

नयाँ राष्ट्रपतिका लागि दुई पूर्वसभामुखहरु रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

पौडेल आठदलीय सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने नेम्वाङ नेकपा एमालेका एकल उम्मेदवार हुन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार