आज पहाडी भेगमा होली मनाइँदै


काठमाडौँ, २२ फागुन । आज पहाडी भेगका जिल्लामा होली पर्व मनाइँदै छ । भने भोलि तराईका जिल्लामा होली खेलेर खेलिने भएको छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने परम्परा रहेको छ ।

होलीमा एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मैत्रीपूर्ण सामाजिक सद्भाव कायम रहेको भनि देखिने पर्वको रुपमा मनाइने गरिन्छ ।

फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार