बेटिससँग रियल मड्रिड बराबरीमा रोकियो


एजेन्सी, २२ फागुन । स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिड रियल बेटिससँग बराबरी भएको छ ।

आइतबार राति भएको खेलमा रियलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि रियल लिग लिडर बार्सिलोनाभन्दा ९ अंकले पछि परेको छ ।

बार्सिलोनाले भ्यालेन्सियालाई १–० ले हराएको थियो ।

बराबरीपछि रियलको २४ खेलबाट ५३ अंक रहेको छ भने बार्सिलोना समान खेलबाट ६२ अंकसहित शीर्ष स्थानमा आसिन रहेको छ ।

२४ खेलबाट ४१ अंक रहेको बेटिस भने पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार