मिर्चैया बजारको घर तत्काल नभत्काउन उच्च अदालतको आदेश


सप्तरी, २१ फागुन । उच्च अदालत जनकपुर, राजविराज इजलासले सिरहाको मिर्चैया नगरपालिकाले भत्काएको मिर्चैया बजारको घर तत्काल नभत्काउन आदेश दिएको छ ।

घरधनी दुलारी देवीले दिएको मुद्दामा उच्च अदालत राजविराजले यस्तो आदेश दिएको हो ।

उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारी र तेज नारायण सिंह राईको इजलासले यस्तो आदेश दिएको छ ।

मिसिल अध्ययन गरी निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सुजित कुमार पोखरेल र अधिवक्ता फुल नारायण यादवले गरेको बहसपश्चात यसमा के कसो भएको हो? निवेदकको माग बमोजिम अदालतको अवहेलनामा कारवाही एवं सजाय हुनु पर्ने हो वा होइन ? अदालतको अवहेलनामा कारवाही एवं सजाय हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत उल्लेख गरी म्याद सूचना पाएका मितिले बाटाको म्यादबाहेक ७ (सात) दिनभित्र विपक्षी नं. ३ र ५ को हकमा उच्च सरकारी वकिल कार्यालय, राजविराज सप्तरीमार्फत जबाफ पेश गर्न आदेश दिइएको हो ।

अन्य विपक्षीहरुको हकमा आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जबाफ पेश गर्न आदेश दिइएको छ ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार