काठमाडौं, २१ फागुन । एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपाली टोली आज नै त्यसतर्फ प्रस्थान गरेको छ । छनोटको पहिलो चरणमा समूह ‘बी’ मा नेपाल सहित आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्यान्ड छन् ।
नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ । छनोटबाट समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।
दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।
नेपाली टोली :
गोलकिपर : कविता विक, सावित्री किसन, लिला जोशी
डिफेन्डर : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन



