माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिन्छ : विप्लव


काठमाडौं, २१ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिएका छन् ।

जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै चन्दले यदि माओवादीलाई अपराधी बनाए इतिहास दोर्होयाउने बताएका हुन् ।

अहिलेको लोकतन्त्रले माओवादीलाई अपराधी बनाउने अधिकार नभएको चन्दले जिकिर गरे । माओवादी अपराधी भनेरै भास्य निर्माण गर्न खोजिएको भन्दै चन्दले आक्रोश पोखे ।

बाबु बाजेदेखि सम्पत्ति थुपारेर जनसम्पत्ति मुठिठभर मान्छेहरूले मोज मस्ती गरेर नेपाली जनतालाई पैसाको रवाफ दिने भन्दै चन्दले आक्रोश पोखे ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार