कराते महासंघ मधेस प्रदेश अध्यक्षको जिम्मेवारी रामचन्द्र ठाकुरलाई


जनकपुरधाम, २० फागुन । नेपाल कराते महासंघको प्रथम मधेस प्रदेश भेला सम्पन्न भएको छ ।

महासंघका सहअध्यक्ष दावा गुरुङको बिशेष उपस्थितिमा सिरहाको गोलबजारमा भेला सम्पन्न भएको हो ।

भेलाले करातेका बरिष्ठ प्रशिक्षक रामचन्द्र ठाकुरलाई सर्वसम्मत प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, अशोक पहाडी र जिवछ भगतलाई उपाध्यक्ष बनाउँदा सचिवमा कसम लामा तथा कोषाध्यक्षमा पालछङ योन्जनलाई सर्वसम्मत चयन गरिएको छ ।

साथै सदस्यहरुमा अनिल पाण्डे, दिलिप पटेल, बिष्णुलाल श्रेष्ठ, सानुमाया दोङ, विजय यादव, दिपिका रसाइली, बाबुकाजी खड्का, पंकच रखाल, दिपेन्द्र यादव, राकेश साह, सुदिप कुवर, श्रीराम साह कानु, बिकास साह र इन्द्र सागर गुप्ता रहेका छन् ।

महासंघको केन्द्रीय प्रतिनिधिहरुमा रामचन्द्र ठाकुर, कसम लामा, अशोक पहाडी, दिनेश कुमार महतो र दिपिका रसाइली तथा केन्द्रीय सदस्यमा दिलिप राज भण्डारीलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार