कक्षा ७ मा पढ्दा एक महिला आफन्तले यौन दुर्व्यवहार गरे : पियुष मिश्रा


एजेन्सी, २० फागुन । अभिनेता तथा गायक पियुष मिश्राले भर्खरै एक अन्तर्वार्तामा आफू कक्षा ७ मा पढ्दा एक महिला आफन्तले आफूमाथि यौन दुर्व्यवहार गरेको खुलाएका छन् ।

आफ्नो आत्मकथा ‘तुम्हारी औकात क्या है पियुष मिश्रा’ को बारेमा कुरा गर्दै उनले सो कुरा सुनाएका हुन् ।

करिब ५० वर्षअघि भएको यो दुर्घटनाले आफूलाई नराम्रोसँग हल्लाएको पियुष बताउँछन् । आज पनि उनी यसबाट पूर्ण रूपमा बाहिर आउन नसकेको उनको भनाइ छ । पियुषले समाचार एजेन्सी पीटीआईसँग आफ्नो आत्मकथामा यौन उत्पीडनको घटना उल्लेख गरे पनि महिलाको नाम र पहिचान भने नखुलाएको बताए । ‘मेरो उद्देश्य कसैसँग बदला लिने होइन,’ पियुषले भने, ’कक्षा ७ मा भएको यो घटनाले म स्तब्ध भएको थिएँ ।’

पियुषले थप भने, ‘शारीरिक सम्बन्ध यस्तो चिज हो जसमा तपाईंको पहिलो अनुभव सधैँ राम्रो हुनुपर्छ । अन्यथा यसले तपाईंलाई जीवन भरको लागि सताउँछ । त्यो यौन उत्पीडनले मलाई जीवनभरको पीडा दियो र निको हुन धेरै समय लाग्यो । त्यसबाट बाहिर आउन म भित्रको कलाले धेरै मद्दत गर्यो । म व्यक्तिको परिचय खुलाउन चाहन्न । अब म कुनै कुराको बदला लिन चाहन्नँ ।’

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार