लोसपा नेता ओम सर्राफ जनमत पार्टीमा प्रवेश


काठमाडौं, २० फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता ओम सर्राफ जनमत पार्टीमा प्रवेश गरेका छन् ।

शंखमुलस्थित पार्टी कार्यालयमा शनिबार आयोजित एक कार्यक्रमकाबीच उनी सो पार्टीमा प्रवेश गरेका हुन् ।

उनलाई सो पार्टीका अध्यक्ष डाक्टर सीके राउतले पार्टीको सदस्यता दिएर पार्टीमा प्रवेश गराएका हुन् ।

सर्राफ समाजिक अभियन्ताका साथै राजनीतिमा पनि सक्रिय छन् । मधेस आन्दोलनमा वीरगञ्जमा सक्रिय रहेका उनी महन्थ ठाकुरको तराई मधेश लोकतान्त्रिक पार्टीदेखि नै राजनीतिमा सक्रिय थिए ।

पछिल्लो चुनावमा लोसपाले प्रदेशसभा सदस्यका लागि टिकट नदिएपछि उनले तत्कालीन मुख्यमन्त्री लालबाबु राउतका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार