नापोलीको अपराजित यात्रामा पूर्णविराम


एजेन्सी, २० फागुन । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको नापोली लाजियोसँग १–० ले पराजित भएको छ ।

योसँगै पछिल्लो १० खेलमा अपराजित रहेको नापोलीको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

लाजियोको जितमा माटियस भिसिनोले निर्णायक गोल गरे । उनले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै लाजियो दोस्रो स्थानमा उक्लिएको छ । लाजियोले २५ खेलमा ४८ अंक जोडेको छ । ६५ अंकका साथ नापोली शीर्ष स्थानमा कायमै रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार