आम जनता पार्टीले राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने


काठमाडौं, २० फागुन । प्रभु शाह नेतृत्वको आम जनता पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

आजपा प्रवक्ता चन्द्र भूषण साहले पौडेलको उम्मेदवारीलाई समर्थन गर्दै उनलाई मतदान गर्ने बताएका हुन् ।

‘राष्ट्रिय एकताको साझा प्रतीक बनी देश र जनताको सर्वोपरि हितबमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एवं विश्वास सहित जितको अग्रिम बधाई एवं शुभकामना समेत व्यक्त गर्दछु,’ साहले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको चौथो राष्ट्रपति (राष्ट्राध्यक्ष) पदका लागि २५ फागुनमा मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार