महिला एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा


काठमाडौं, २० फागुन । एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक यम गुरुङले एसियन कप छनोटका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

नेपाल छनोटको पहिलो चरणमा समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा यूएई, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेका छन् । यो समूहको छनोट खेल प्यालेस्टाइनमा हुनेछन् ।

पहिलो चरणको छनोट मार्च ४ देखि १२ भित्र हुनेछ । नेपालले पहिलो खेलमा ८ मार्चमा प्यालेस्टाइनको सामना गर्नेछ । छनोटमा सहभागी आठ टोलीका समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली :

गोलकिपर : कविता विक, सावित्री किसन, लिला जोशी
डिफेन्डर : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार