फेवातालमा डुंगा पल्टिँदा एकजनाको मृत्यु


काठमाडौं, २० फागुन । फेवातालमा डुंगा पल्टिँदा एकजनाको ज्यान गएको छ । हावाहुरीका कारण डुंगा पल्टिएर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

पोखरा–१ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा शनिबार ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले गर्दा उहाँ चढेको डुंगा पल्टिएपछि सशस्त्र प्रहरीको टोलीले उनको उद्धार गरेको थियो ।

घाइतेको उद्धारपछि उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको र उपचारकै क्रममा ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण विक बताए ।

आजै फेवातालमा हावाहुरीले गर्दा अर्को एउटा डुंगा पनि पल्टिएको थियो । त्यसमा रहेका चारजना युवाको सकुशल उद्धार गरिएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार