फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार संदिग्ध विद्रोही मारिए


एजेन्सी, १८ फागुन । मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चारजना संदिग्ध विद्रोही मारिएका छन् ।

नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक सहरको बाहिरी भागमा गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले बताएका हुन् ।

कर्णेल जोरी बाक्लोरका अनुसार सेनाले ग्रेनेड लन्चर, एक ४७ राइफललगायत विभिन्न हातहतियार पनि बरामद गरेको छ । मारिएकाहरू न्यू पिपल्स आर्मी (एनपीए) का सदस्य भएको आशङ्का गरिएको छ ।

सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारविरुद्ध सङ्घर्ष गर्दै आएका छन् । उक्त समूहले ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएको छ ।

सन् १९८० मा निकै शक्तिशाली विद्रोही शक्तिका रुपमा स्थापित एनपीएमा अहिले दुई हजारको हाराहारीमा सदस्य रहेका सैन्य तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार