आठदलीय सत्ता गठबन्धनमा अरु दल पनि थपिन सक्छ : प्रचण्ड


काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठदलीय सत्ता गठबन्धनमा अरु दल पनि थपिन सक्ने बताएका छन् ।

सत्तारूढ ८ दलले बिहीबार काठमाडौंमा आयोजना गरेको संघीय सांसदको भेलामा उनले ८ दल भनिए पनि राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई अहिले नै १० दलको समर्थन रहेको र यो बढ्ने दाबी गरेका हुन् ।

‘हामीले ८ दल भनेका छौं, प्रतिनिधिसभामा दुई र प्रदेशसभामा दुईजना सांसद रहेको नेपाल समाजवादी पार्टीको पनि पौडेल जीलाई समर्थन छ,’उनले भने, ‘त्यसैगरी नेपाल आम पार्टी भन्ने तराई केन्द्रित अर्को पार्टीको पनि समर्थन छ ।’

प्रतिनिधिसभामा आफूले विश्वासको मत लिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन सही भएको दाबी गरेपछि विश्वासको संकट उत्पन्न भएको उनले बताए ।

विगतमा संविधानको मर्म र भावनालाई मिचेर गतिविधि भएपछि कांग्रेसँगको गठबन्धन बनेको र अहिले त्यसैले निरन्तरता पाएको उनले बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार