पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएर न्याय गर्यौं : सभापति देउवा


काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई कुनै भूमिका नदिएको भनी विगतमा आफूमाथि लागेको आरोप हटेको बताएका छन् ।

आठदलीय गठबन्धनले संघीय सांसदका लागि राखेको अभिमुखीकरण कार्यक्रममा बोल्ने क्रममा देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएर न्याय गरेको बताए ।

‘रामचन्द्रजीलाई मैले कुनै भूमिका भन्ने लाग्दै आएको थियो होला, राष्ट्रपति बनाउँदैछौं’, विगतको स्मरण गर्दै देउवाले भने, ‘लोकतन्त्र र प्रजातन्त्रका लागि उहाँले धेरै दुख पाएको व्यक्ति हो । धेरै पहिले देखिको मेरो साथी हो ।’

सभापति देउवाले संविधान पालना गरेर यसप्रतिको आस्था जगाउने काममा भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । देउवाले कार्यक्रममा बोलेको विषय उधृत गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले भने, ‘प्रचण्डजीले उहाँको क्षेत्रमा गएर प्रधानमन्त्री बनाउने भन्नुभएको थिएँ । त्यो भन्दा माथिल्लो पदमा ल्याउनुभयो ।’

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार