विराटनगर, १८ फागुन । नाम राखिएको खुसियालीमा कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश १ को नाम ‘कोशी’ राखिएको खुसियालीमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो ।
बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम ‘कोशी’ राख्ने निर्णय गरेको थियो ।



