ग्यासको मूल्य तत्काल नबढाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्यासको मूल्य तत्काल नबढाउन निर्देशन दिएका छन् ।

अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आए पनि नेपाली बजारमा भने तत्काल मूल्य नबढाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन् ।

अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आएको भन्दै नेपाल आयल निगमले मूल्यवृद्धि गर्ने तयारी थालेको थियो ।

आम उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै तत्काल मूल्यवृद्धि नगर्न प्रधानमन्त्री प्रचण्डले निर्देन दिएपछि निगमले मूल्यवृद्धि नगर्ने निर्णय लिएको बताइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार