एजेन्सी, १७ फागुन । शाहरुख खान अभिनीत पठानले १ हजार २० करोडको व्यापार गरेको छ ।
यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ ।
गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुख खान, दीपिका पादुकोण, जोन अब्राहमलगायतका कलाकार छन् ।
झण्डै ४ वर्ष पछि फर्केका शाहरुखलाई मात्रै होइन, दक्षिणी भारतीय फिल्मले बलिउडलाई दिएको दबाबलाई पनि यो फिल्मले राहत दिएको छ ।
फिल्म ब्लकब्लस्टर भए पछि पठानको सिक्वेल समेत बन्ने भएको छ ।


