शम्भुनाथका मेयर गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर


सप्तरी, १७ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस मागेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नगरप्रमुख गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

गत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुबैजनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार