विराटनगर, १७ फागुन । प्रदेश नम्बर–१ को नाम ‘कोशी’ राख्नुपर्ने भन्दै समर्थन जनाएको नेपाली कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ ।
नेकपा एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर संसद सचिवालयमा दर्ता गराएको प्रस्तावबाट कांग्रेसले समर्थन फिर्ता लिएको हो ।
सत्ता साझेदार माओवादी केन्द्रले एमालेको प्रस्तावमा जान नहुने भन्दै असहमति जनाएपछि कांग्रेसले सोही नाम गरेर अर्को प्रस्ताव दर्ता गराउनका लागि समर्थन फिर्ता लिएको छ ।



