काठमाडौं, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ ।
रास्वपाको यसअघि रहेको चुनाव चिह्न ‘गोलाकारभित्रको घण्टी’लाई परिवर्तन गर्दै अब ‘घण्टी’मात्रै राखेको छ ।
यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो ।
गत निर्वाचनमा गोलाकारभित्रको घण्टी चुनाव चिन्हबाट चुनावमा सहभागी रास्वपाले अब हुने उपनिर्वाचन तथा निर्वाचनमा भने चुनाव चिह्न घण्टीमात्रै प्रयोग गर्न पाउने भएको छ ।



