काठमाडौँ, १७ फागुन । वैशाख १ मा चार वटठा नेपाली फिल्म सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।
विकास आचार्यद्वारा निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ६’ आगामी वैशाख १ गते रिलिज हुने भएको हो । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएका हुन् ।
बाल मनोविज्ञान र रोमान्टिक जनरामा बनेको फिल्मले मंगलबार बेलुका टिजर समेत सार्वजनिक गरेमने छ । सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेको फिल्मलाई विकास र विष्णुमणि दाहालले निर्माण गरेका छन् ।
वैशाख १ गते दयाहाङ राईको अभिनय रहेका दुई फिल्म ‘जारी’ र ‘बिहे पास’ तथा सुरक्षा पन्त अभिनित ‘बुलाकी’ पनि प्रदर्शन हुने भएको छ ।


