एजेन्सी, १७ फागुन । ग्रिसमा मंगलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै ८५ जना भन्दा बढी घाइते भएका छन् ।
ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मंगलबार साँझ ३५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल एक मालवाहक रेलसँग ठोक्किँदा ३२ जनाको मृत्यु हुनुका साथै ८५ भन्दा बढी घाइते भएका ग्रीसको फायर सर्भिसले जनाएको छ ।
उद्दारको प्रयास जारी रहेको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुई रेलहरू बीचको टक्करको गम्भीरताका कारण क्रेन बोक्ने सवारीहरूले निकाल्ने काममा सहयोग गरिरहेका फायर ब्रिगेडले एक विज्ञप्तिमा जानकारी दिइएको छ ।
ग्रीक फायर सर्भिसका प्रवक्ता भासिलिस वार्थाकोगियानिसले १९४ यात्रुलाई सुरक्षित रूपमा थेसालोनिकी लगिएको सीएनएनले जनाएको छ ।


