मस्को नजिक युक्रेनको ड्रोन दुर्घटना


एजेन्सी, १७ फागुन । युक्रेनले रुसको राजधानी मस्को नजिक ड्रोनमार्फत् आक्रमणको प्रयास गरेको छ ।

राजधानी मस्को नजिकको एक गाउँमा एउटा ड्रोन सोमबार मध्यरात दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । त्यो ड्रोन युक्रेनमा बनेको पाइएको रुसी अधिकारीहरुले जनाएको छ । सो ड्रोनबाट त्यस क्षेत्रमा कुनै क्षति भने भएको छैन । तर रुसले यस घटनालाई युक्रेनले गरेको आक्रमणको असफल प्रयास रहेको अधिकारीहरुले टिप्पणी गरेको छ ।

पत्रकार सम्मेलनको आयोजना गर्दै मस्कोका गभर्नर आन्द्रेइ बोरोब्योबको दाबी अनुसार मस्कोभन्दा करिब एक सय किलोमिटर दक्षिण–पूर्वमा पर्ने गुबास्तोब गाउँमा ड्रोन आक्रमण प्रयास भएको थियो । युक्रेनले मस्कोका बासिन्दालाई लक्षित गर्दै ड्रोनबाट प्रहार गरेको उनले आरोप पनि लगाए ।

त्यो समयमा रुसका टेलिभिजन च्यानल र रेडियो स्टेशनसमेत ह्याक भएको र त्यसमा युक्रेनको हात रहेको उनले आरोप लगाउँदै बताए । रुसी अधिकारीहरुले दिएको जानकारी अनुसार सो समयमा सम्भावित क्षतिलाई रोक्न सेन्ट पिटर्सबर्गको विमानस्थल अस्थायी रुपमा बन्द समेत गरिएको थियो ।

मस्कोका गभर्नर बोरोब्योबले मानव बस्तीहरु सुरक्षित रहेको भन्दै घटनाको विस्तृत अनुसन्धान भइरहेको सञ्चारमाध्याममा जनाइएको छ ।
तर युक्रेनले अहिलेसम्म रुसको भूमिमा आक्रमण गरेको भनि जिम्मेवारी नलिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार