जनकपुरधाममा आजदेखि अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिता सुरु


जनकपुरधाम, १७ फागुन । जनकपुरधाममा बुधबारदेखि अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

जनकपुर क्रिकेट एकेडमीको आयोजनामा बुधबारदेखि रंगभूमि मैदान बाह्रविघामा प्रतियोगिता सुरु हुन भएको हो ।

प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने भनिएपनि अहिलेसम्म १४ वटा टिम मात्रै सहभागी भएको र बाँकी दुईवटा टिमलाई प्रतियोगिताको बिचमा सहभागी गराइने हरिज स्पोर्टस जोनका सञ्चालक एवं क्रिकेटर हरिशंकर साहले बताए ।

खेल र खेलाडी तथा स्वास्थ्यको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक प्रशान्त अरविन्दले बताए । उनले हरेक तह, उमेर समूहलाई खेलसँग जोड्नुको साथै स्वास्थ्य बनाउनको लागि खेल आयोजना गरिएको बताए ।

प्रतियोगितामा विजेता, उप–विजेतालाई आकर्षक ट्रफि, वेस्ट फिल्डर, बलिङ, ब्याटस्म्यान र किपरलाई पनि प्रोतसाहन गर्न प्रमाणपत्रसहित कप दिइने धनुषा क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार