चितवन, १६ फागुन । भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हामफालेका युवकको उद्धार भएको छ ।
खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनीष महतो नदीमा हामफालेपछि खोजीमा खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई जीवितै उद्धार गरेको हो ।
हामफालेको जनाकारी पाएलगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टिम (आइआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थलभन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट जीवितै उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार उद्धारपश्चात् उनलाई उपचारका लागि स्थानीय अस्पतालतर्फ पठाइएको थियो ।


