राष्ट्रपति भण्डारीसँग सभामुख घिमिरेको भेटवार्ता


काठमाडौं, १६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आइपियु) बैठकबारे जानकारी गराएका छन् ।

आइपियुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे २६ फागुनमा बहराइन प्रस्थान गर्ने कार्यक्रम छ ।

आइपियु बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको मनामा हुँदैछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार