काठमाडौं, १६ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पतनोन्मुख यात्रामा रहेको टिप्पणी गरेका छन् ।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उग्रवापन्थी अतिवाद पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय अत्मसमर्णवादमा पुग्छ भन्ने देखिएको बताएका छन् ।
पोखरेलले लेखेका छन्, ‘उग्रवामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दै छ प्रचण्डको पतनोन्मुख यात्रा ।’
चुनावपछि एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिएसँगै एमालेका नेताहरु माओवादीविरुद्ध खनिन थालेका छन् ।


