काठमाडौं, १६ फागुन । प्रभु साह नेतृत्वको आम जनता पार्टीले सरकारमा जान गृहकार्य थालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा साह समेत जान तयारी गरेका हुन् ।
सत्ता साझेदार ८ दलमा प्रभु नेतृत्वको आम जनता पार्टी समेत थपिन सक्ने प्रचण्ड निकट एक पदाधिकारीले बताए । ‘सरकारमा सहभागी हुने पार्टी ८ दल छन् त्यसमा प्रभु साह समेत आउने तयारी गरेका छन्’ ति पदाधिकारीले भने, ‘यदि सहमति भएमा ९ दल सत्ता साझेदार हुन सक्छ ।’
तर, आमजनता पार्टीका अध्यक्ष साहले आफूहरू सरकारमा जाने विषयमा कुनै प्रयास नगरेको जिकिर गरे । ‘हामी सरकारमा जाने तयारी गरेका छैनांै । सरकारमा जान कतै भेटघाटपनि भएको छैन’ साहले भने । साह नेतृत्वको पार्टीमा प्रतिनिधि सभामा उनी मात्रै सांसद छन् ।



