काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशरथ रंगशालाको विकल्पको रुपमा तयार पारिएको च्यासल रंगशालाको उद्घाटन गरेका छन् ।
ललितपुर महाननगरपालिका–९ स्थित बागमती किनारको करिव ४९ रोपनी क्षेत्रफलमा फैलिएको यो रंगशाला सन् २००५ मा एन्फा टेक्निकल सेन्टरका रुपमा स्थापना भएको थियो ।
२०७४ मा स्तरोन्नतीसहित पुनर्निर्माण थालिएको थियो । अब १९ फागुनदेखि सुरु हुने ‘ए’ डिभिजन लिगका खेलहरु यहाँ खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ ।



