सेलेना गोमेजद्वारा सामाजिक सञ्जालबाट विश्रामको घोषणा


काठमाडौँ, १६ फागुन । अमेरिकी गायिका सेलेना गोमेजले सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेकी छन् ।

पूर्वप्रेमी जस्टिन बिबरकी पत्नी हेली बिबरसँगको हालैको विवादपछि उनले फ्यानलाई सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेका हुन् ।

इन्स्टाग्राममा धेरै पछ्याइने महिलाको कीर्तिमान राखेको केही दिनमै सेलेनाले दोस्रोपटक सामाजिक सञ्जालबाट टाढिन लागेको जनाएकी हुन् ।

पूर्वप्रेमी जस्टिन बिबरकी पत्नी हेलीसँग चलिरहेको ‘आँखी भौं’ विवादमा उनी संलग्न थिइन् । यो घटना टिकटकमा सेलेनाको स्वीकारोक्तिबाट सुरु भएको हो जुन संयोगवश उनको आइब्रो ‘ओभर–लेमिनेट’ गरिएको थियो ।

काइली जेनर र हेली बिबरसँग झगडापछि सेलेनालाई कठिन भएको हुनसक्ने अड्कलबाजी गरिएको छ । फ्यानले सामाजिक सञ्जालबाट टाढा हुने सेलेनाको निर्णयलाई भने समर्थन गरेका छन् ।

ट्विटर प्रयोगकर्ताले काइली र हेलीलाई उनीहरूको कार्यको लागि आलोचना गरेका छन् । बिना कारण सेलेनालाई दुव्र्यवहार गरेको आरोपसहित यी दुई जनाविरुद्ध फ्यान उत्रिएका थिए ।

सेलेनाले टिकटक लाइभमा आफूले सामाजिक सञ्जालबाट विश्राम लिने भन्दै फ्यानलाई जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार