काठमाडौँ, १६ फागुन । बलिउड पछिल्लो साता ‘हेराफेरी ३’ को छायांकन फेब्रुअरी २१ देखि सुरु भएको छ ।
यससँगै कमेडी सिक्वेलको चर्चाले अरु कुरालाई भने ओझेलमा पारेको छ । यसमा अक्षय कुमार, सुनिल शेट्टी र परेश रावल शीर्ष भूमिकामा रहने छन् ।
यतिबेला आएर फिल्मलाई लिएर दुईवटा नयाँ खबर छ । पहिलो, अब फिल्मको शीर्षक ‘हेराफेरी ३’ नभएर ‘हेराफेरी ४’ हुनेछ ।
बलिउड हंगामाका अनुसार यो फिल्मको खलपात्रमा सञ्जय दत्तले अभिनय गर्नेछन् । स्रोतले भन्यो, ‘सञ्जय दत्तले फिल्म साइन गरेका छन् । फिल्ममा उनी एक विरोधीको भूमिकामा देखिने बताइएको छ । उनको चरित्र दृष्टिविहीन छ र धेरै विचित्र छ । उनले हेराफेरी श्रृंखलामा पागलपनको अंश थप्ने अपेक्षा गरिएको छ ।’
स्रोतले भन्यो, ‘सञ्जय दत्त कमेडी भूमिकामा उत्कृष्ट छन् र निर्माताले यो भूमिकाका लागि उनलाई सही ठह¥याएका छन् । उनको कास्टिङले फिल्मको ब्राण्डमा अझै मूल्य थप्नेछ । उनी हेराफेरी युनिभर्समा एक रोमाञ्चक पात्र हुनेछन् । दर्शकले उनलाई राजु (अक्षय कुमार), श्याम (सुनिल शेट्टी) र बाबुराव गणपतराव आप्टे (परेश रावल) सँग अभिनय गरेका हेर्न पाउनेछन् ।’
‘हेराफेरी ४’ मा अरशद वारसीलाई अनुबन्ध गरिएको खबर पनि आएको छ, तर स्रोतले यो कुराको पुष्टि गर्न सकेन । जे होस्, सञ्जय दत्त र अरशद वारसीको पुनर्मिलनले केही फ्यानलाई उत्साहित बनाएको छ । एजेन्सी



