काठमाडौँ, १६ फागुन । नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने भएको छ ।
यसका लागि प्राधिकरणले मोवाइल एप सञ्चालनमा ल्याएको हो ।
ग्राहकका गुनासोसमेत व्यवस्थापन गर्न सजिलो हुने गरी मोबाइल एम ‘एनई एप’ सञ्चालनमा ल्याएको जनाएको छ ।
सो एप प्रयोगका लागि मोबाइलको ‘प्ले स्टोर’मा गई ‘NEA Official AppU’ सर्च गरी डाउनलोड गर्न सकिने प्राधिकरणले जनाएको छ ।
उक्त एपबाट मिटर रिडिङ, बिलिङ, मसहसुल भुक्तानी, चार्जिङ स्टेशनको जानकारी प्रदान गर्नुका साथै विद्युत आपूर्तिसम्बन्धी जानकारी दिइने छ ।



