यू–१९ विश्वकप छनोटमा नेपालले मलेसियासँग भिड्दै


काठमाडौं, १६ फागुन । यूएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोट भएका नेपालले आज आफ्नो चौथो खेलमा मलेसियासँग खेल्दैछ ।

नेपाल र मलेसियाबीचको खेल सिंगापुर र हङकङ वीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड–२ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

छनोट प्रतियोगिता नेपालले यसअघिका तीन वटै खेल जितिसकेको छ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गर्यो भने दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।

मलेसियाले तीन खेलमा एक खेल मात्रै जितेको छ । दुई खेलमा भने पराजित भएको छ ।

आज यूएई र कुवेत तथा सिंगापुर र हङकङबीच पनि खेल हुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार