‘दिकन्फेसन’ साविती नयाँ दिल्लीमा मञ्चन


काठमाडौं, १५ फागुन । जगदिश घिमिरेको उपन्यास ‘साविती’ बाट प्रभावित भई तयार भएको नाटक ‘दिकन्फेसन’ साविती नयाँ दिल्लीमा मञ्चन भएको छ ।

नाटक नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाको मञ्चमा मञ्चन भएको हो । नेसनल स्कुलअफ ड्रामा र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा मञ्चन भएको नाटकलाई विमल सुवेदीले निर्देशन गरेका हुन् ।

गरिवलाई केन्द्र राखी शासक माथि गरेका अनेक प्रश्नहरुको संगालोको रुपमा तयार भएको उपन्यासमा आधारित रही सन् २०१३ मा विमल सुवेदीले ‘साविती’ नाटक तयार गरेका थिए ।

जगदिश घिमिरेले आफ्नो यो उपन्यासमाथि नाटक बनेका हेर्न लालसा अभिव्यक्त गरेपछि रोगसँग जुधिरहेका उनै घिमिरेको सम्मानमा यो नाटक तयार भएको थियो ।

त्यतिबेला एक सो प्रदर्शन भएर बन्द भएको सो नाटकलाई निर्देशक विमल सुवेदीले समसामयिक बनाउँदै नयाँ स्वरुपमा प्रस्तुत गरेका हुन् । भारतमा मात्र यो नाटकले ४ पटक स्टेज टेकिसकेको छ ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार