राष्ट्रपति उम्मेदवारको चुनावी खर्चको सीमा निर्धारण


काठमाडौं, १५ फागुन । निर्वाचन आयोगले राष्ट्रपतिका उम्मेदवारको चुनावी खर्चको सीमा निर्धारण गरेको छ । जसअनुसार राष्ट्रपतिका उम्मेदवारले प्रचारप्रसारका लागि ४ लाखसम्म खर्च गर्न पाउने भएका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐनको दफा ६२ अनुसार आयोगले खर्चको सीमा तोकेको हो । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुने कार्यतालिका छ ।

आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी दफा ६२ को (१) मा निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोकेको हो । खर्चको सीमा राजपत्रमा प्रकाशन गर्न भने बाँकी छ ।

आयोगले १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू गर्ने भएको छ । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुने भएकाले आयोगले ५ चैतसम्म आचारसंहिता लगाएको हो ।

राष्ट्रपतिको चुनावमा नेपाली कांग्रेसबाट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवाचन्द्र नेम्वाङ उम्मेदवार छन् । पौडेल आठदलीय गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने नेम्वाङलाई अहिलेसम्म एमालेबाहेक अरु पार्टीले समर्थन गरेका छैनन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार