विश्व फुटभली प्रतियोगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनल प्रवेश


काठमाडौं, १५ फागुन । भारतको केरलामा जारी २५औं विश्व फुटभली प्रतियोगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनल प्रवेश गरेको छ ।

वेष्ट अफ थ्री को सेटमा भएको खेलमा पहिलो सेट १५–९ ले जितेको नेपाल दोस्रो सेटमा भारतसँग १४–१६ ले पराजित भयो ।

तर तेस्रो सेटमा आफ्नो खेलमा तालमेल मिलाउँदै नेपाल भारतलाई १६–१० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

९ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपालले सेमिफाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नेछ ।

खेलाडीको साथमा फुटभली संघ इण्डियाको निमन्त्रणामा नेपालको तर्फबाट टोखा नगरप्रमुख प्रकाश अधिकारी विश्व च्याम्पियनसिप प्रतियोगितामा अतिथिका रुपमा सहभागी छन ।

उनलाई केराला कर्पोरेशसनका प्रमुख मेयर डा.विना फिलिपले स्वागत गरेकी थिइन् ।

प्रशिक्षक राजुविक्रम थापाको प्रशिक्षणमा रहेको नेपाली टोलीको हेड अफ डेलिगशनका रुपमा मनिष जोशी छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार