राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङविरुद्ध परेन कुनै उजुरी


काठमाडौं, १५ फागुन । राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङविरुद्ध कुनै पनि उजुरी परेको छैन । दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङले फागुन १३ गते उम्मेदवारी दर्ता गराएका थिए ।

ती उम्मेदवारविरुद्ध दावी विरोध वा उजुरी दिने म्याद १४ गतेसम्म थियो ।

उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका १४ र १५ गते निर्धारण गरिएको थियो । तर उम्मेदवारहरूविरुद्ध कुनै पनि उजुरी नपरेकाले सोही ब्यहोराको निर्णय गर्ने सहायक निर्वाचन अधिकृत एवं प्रवक्ता अमृता कुमारी शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार