जनकपुरधाम, १५ फागुन । नेकपा एमालेले संघ सरकारबाट बाहिरिने निर्णय गरेको छ । संघ सरकारबाट बाहिरिने निर्णय गरेको एमाले तत्काल मधेस प्रदेशको सरकारबाट नबाहिरिने भएको छ ।
पार्टीले संघ सरकारबाट बाहिरिने निर्णय गरेको एमाले मधेस प्रदेशको संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले भने‘ तत्काल हामी मधेस प्रदेशको सरकारमै रहन्छौँ ।’ उनले तत्काल मधेस सरकारलाई समर्थन कायम रहने र एमाले सरकारमै रहने बताए । पार्टीको निर्णयपछि मात्रै कुनै निर्णयमा पुग्ने उनको भनाई छ ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा एमालेको २५ जना प्रदेशसभा सदस्य छन् ।
मधेस सरकारमा हाल एमालेका चारजना मन्त्री र सभामुख छन् । मधेसमा बहुमतका लागि ५४ जना सांसदको आवश्यकता रहेपनि जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने सर्वसम्मत विश्वासको मत पाएका थिए ।



