रास्वपाको केन्द्रीय कमिटी बैठक सोमबार बस्दै


काठमाडौं, १४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न रास्वपाले सोमबारका लागि बैठक बोलाएको हो ।

नेता दीपक बोहराका अनुसार रास्वपाले अहिलेसम्म राष्ट्रपति उम्मेदवारमा कसलाई समर्थन गर्ने भनेर निर्णय गरिसकेको छैन ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् ।

आसन्न राष्ट्रपतिको निर्वाचन यही २५ गते हुँदैछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार