स्वास्थ्य विभाग उप–प्रमुखमा डा. ठाकुर नियुक्त


जनकपुरधाम, १४ फागुन । नेपाली कांग्रेसको स्वास्थ्य विभाग मधेस प्रदेशले चिकित्सक डा. सज्जन ठाकुरलाई स्वास्थ्य विभाग उप–प्रमुखमा नियुक्त गरेको छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा १३ (११) (ग) बमोजिम महोत्तरी स्थायी ठेगाना भएका डा. ठाकुरलाई स्वास्थ्य विभाग उप–प्रमुखमा नियुक्त गरिएको हो ।

विभाग प्रमुख शर्मिला थापाले आइतबार एक पत्र लेख्दै डा. ठाकुरलाई विभागको उप–प्रमुखमा नियुक्त गरिएको जानकारी दिएकी छन् ।

पत्रमा भनिएको छ, ‘स्वास्थ्य विभागको साथै समग्र नेपाली कांग्रेस पार्टीलाई थप सुदृढ एवं गतिशील बनाउनमा तपाईं डा. सज्जन ठाकुरको महत्वपूर्ण योगदान रहनेछ भन्ने विश्वास राखेको छु ।’

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार