रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको प्रतिबन्ध


एजेन्सी, १४ फागुन । युक्रेनमा रूसले युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले प्रयोग गर्न सक्ने उत्पादनको व्यापारमा प्रतिबन्ध लगाएको आरोप लागेका थप अधिकारी र सङ्गठनलाई लक्षित गर्दै रूसले युक्रेनमाथि आक्रमण गरेको भन्दै युरोपेली संघ (ईयू) ले प्रतिबन्ध लगाएको छ ।

ईयू अन्तर्गतको स्वीडेनी प्रशासनले यो प्रतिबन्ध सैन्य र राजनीतिक निर्णयकर्ता, रुसी सैन्य उद्योगमा समर्थन गर्ने वा काम गर्ने कम्पनी र वाग्नर समूहका कमान्डरहरूलाई लक्षित गरिएको जनाइएको छ । रूसका केही ठूला बैंकहरूसँगको कारोबार पनि प्रतिबन्धित गरिएको छ ।

सैन्य ड्रोन निर्माण गर्ने थप तीन वटा रूसी बैंक र सातवटा इरानी ‘संस्था’, कम्पनी, एजेन्सी, राजनीतिक दल वा अन्य संस्थाको पनि सम्पत्ति रोक्का गरिएको छ ।

ईयूको कार्यकारी शाखाले तीन साता अघि प्रस्ताव गरेको नयाँ उपायहरू धेरै आन्तरिक कलह पछि युक्रेनमा रूसको आक्रमणको एक बर्ष पुगेको एक दिन पछि सार्वजनिक गरिएको जनाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार